२०८३ साउन ११ सोमबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २ मा आठौं वार्षिक साधारण सभा गर्दै

ई आर्थिक    बिहिबार, जेष्ठ ८ २०८२
6.8K
Shares
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २ मा आठौं वार्षिक साधारण सभा गर्दै

ई-आर्थिक, काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले असार २ गतेका लागि आठौं वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सभाको मिति र स्थान तय गरेको हो।

सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। यसअनुसार सेयरधनीले कुल १२.६३ प्रतिशत लाभांश प्राप्त गर्ने छन्।

सभा एजेन्डामा कम्पनीको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाह सम्बन्धी छलफल पनि समावेश छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

इन्स्योरेन्स कम्पनीले जेठ २६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले, जेठ २५ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र लाभांशको हकदार हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij