ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त १८ औं गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गभर्नर पौडेललाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेका हुन ।
मंगलबार मन्त्रिपरिषद्को बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको हो । केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको डेढ महिनापछि नयाँ गभर्नर नियुक्त गरिएको हो ।
गत चैत २४ गते पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले ढिला गरी पौडेललाई गभर्नर नियुक्त गरेको हो।
मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले पौडेललाई नियुक्त गरेको हो । गभर्नर सिफारिस समितिले डा. विश्व पौडेल, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सफारिस थियो ।
गभर्नर पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलसँग भेट गर्नेछन्। प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटघाट सकिएसँगै उनले राष्ट्र बैंकमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ।