२०८३ साउन ११ सोमबार

को हुन् राष्ट्र बैंकका १८ औं गभर्नर डा. विश्व पौडेल

ई आर्थिक    मंगलबार, जेष्ठ ६ २०८२
5.2K
Shares
को हुन् राष्ट्र बैंकका १८ औं गभर्नर डा. विश्व पौडेल

ई-आर्थिक, काठमाडौं । राष्ट्र बैंकबाट १८ औं गभर्नरमा नियुक्त डा. विश्व पौडलले सन् २०२१ मा  पूर्व योजना आयोगका उपाध्यक्ष भूमिका निर्वाह गरेका थिए ।

चितवनको रत्ननगर, शान्ति चोकमा  विस २०३२ सालमा जन्मिएका पौडेलले बाल्यकाल र स्कुली शिक्षा चितवनकै टाँडीस्थित नेपाल माध्यमिक विद्यालयबाट पूरा गरेका थिए।  उनले अमृत साइन्स क्याम्पस (अस्कल) बाट आइएससी र त्रिभुवन विश्वविद्यालयबाट बीएससी गरेका थिए।

उनले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा पीएचडी गरेका छन्।

प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र आर्थिक इतिहास दख्खल राख्छन । यी विषयहरु  उनका  प्रमुख अध्ययन र अनुसन्धान क्षेत्र हुन्।

हाल उनी काठमाडौं विश्वविद्यालयको व्यवस्थापन स्कुलमा प्राध्यापकका रूपमा कार्यरत छन्। उनले जिनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको रूपमा कार्य गर्दै श्रम बजार सुधार र सामाजिक सुरक्षासम्बन्धी नीतिगत सुझावहरू प्रदान गरेका थिए। त्यस्तै, नेपाल मिलेनियम च्यालेन्ज एकाइमा अर्थशास्त्रीको भूमिकामा रही उनले ठूला पूर्वाधार परियोजनाहरूको आर्थिक विश्लेषणमा संलग्नता जनाएका थिए। पौडेलले चीनबाट इन्जिनियरिङमा स्नातक गरेका छन् । उनलको बैंकिङ तथा निजी क्षेत्रको विकासमा डा. पौडेलको सक्रिय भूमिका रहदै आएको थियो ।

उनले अबको राष्ट्र बैंकको बागडोर समाल्दा देशमा आर्थिक स्थायीत्व तथा नेपाललाई ग्रे लिष्टबाट निकाल्नुपर्ने भार उनमा पर्छ । उनले नेपालको आर्थिक नीति निर्माण र योजना विकासमा महत्वपूर्ण  योगदान दिनुपर्ने देखिन्छ ।

देशमा कुशल मौद्रिक नीति तथा देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन उनको भूमिका रहन्छ । राष्ट्र बैंकलाई  बलियो सुपरिवेक्षण गराउने जिम्मेवारी उनको काँधमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij