२०८३ साउन १२ मंगलबार

गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैंठक बोलाइयो, आजै राष्ट्र बैंकले पाउँला १८ औं गभर्नर ?

ई आर्थिक    मंगलबार, जेष्ठ ६ २०८२
4.3K
Shares
गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैंठक बोलाइयो, आजै राष्ट्र बैंकले पाउँला १८ औं गभर्नर ?

ई-आर्थिक, काठमाडौं ।  लामो रस्साकस्सीसंगै आज अन्तत नेपाल राष्ट्र बैंकले गभर्नर पाउने छाटँकाँट देखिएको छ । बलुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहारदुर देउवापछिको छलफल पछि मन्त्रिपरिषद्को बैंठक र गभर्नर सिफारिस समिति बैठक आह्वान भएको छ ।

आज अपराह्न ४ बजे  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् भने ५ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएकाले  आजै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त हुने सम्भावना रहेको देखिन्छ । राष्ट्र बैंकको गभर्नर पद नेपाली कांग्रेसको भागमा परेको हुँदा नेपाली कांग्रेसले राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. विश्व पौडेल  सिफारिस गर्न सक्छ । पौडेल आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई गभर्नरमा नियुक्त गर्ने सम्भावना रहेको  उच्च स्रोतले बताए  ।

यसअघि गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । गभर्नर सिफारिस समितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा छन् भने  पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य छन्।

गभर्नर सिफारिस  समितिले डा. विश्व पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको नाम सिफारिस हुनसक्ने आंकलन राख्न सकिन्छ । यद्पि समितिको बैठक तथा समितिले गभर्नर पदका आंकाक्षीहरुको नाम सिफारिस तथा  निर्णय हुन बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij