ई-आर्थिक, काठमाडौं । हिजो छ सयले घटेको सुनको मूल्य बजारमा फेरी बढेको छ । आज प्रतितोला छ सय रुपैयाँले बढेको हो ।
बजारमा आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दियो । आइबार बजारमा सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य दोस्रो दिन पनि स्थिर भएको छ । गत शुक्रबार कायम मूल्य लाई नै आधार मानेर चाँदी खरिदबिक्री भएको हो । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।