२०८३ साउन १२ मंगलबार

‘हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भयो’

ई आर्थिक    आइतबार, जेष्ठ ४ २०८२
4K
Shares
‘हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भयो’

ई-आर्थिक, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन्। शुक्रबारदेखि सुरु भएकाे सगरमाथा संवादको समापन सत्रमा आइतबार उनले उक्त कुरा बताएकी हुन्।

‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ’ परराष्ट्रमन्त्री डा. राणाले भनिन्।

संवादका निष्कर्षको कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवशयक पर्ने उल्लेख गर्दै मन्त्री डा. राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको संगम र साझा जिम्मेवारीको उत्सव भएको बताइन्। उनी भन्छिन्, ‘सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो संकलल्पको सम्झना गराओस्।’

संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिएकी छन्। उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन, संयुक्त राष्ट्रसंघको ८०औँ महासभा उठाउने उनकाे भनाइ छ।

यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप- ३० लगायत अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले बताइन्। सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने परराष्ट्रमन्त्रीले जानकारी दिएकीछन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij