२०८३ साउन १२ मंगलबार

बीमा शुल्क घट्दोक्रममा, मधेस प्रदेशमा नौ महिनामा ११ अर्ब संकलन

ई आर्थिक    शुक्रबार, जेष्ठ २ २०८२
6.4K
Shares
बीमा शुल्क घट्दोक्रममा, मधेस प्रदेशमा नौ महिनामा ११ अर्ब संकलन

ई-आर्थिक, काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बीमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बीमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो ।

उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बीमा गरेका बताइन्।

कार्यालयले सोही अवधिमा रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै रु ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।

प्राधिकरणले जीवन बीमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म रु एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij