२०८३ भाद्र २९ सोमबार

नेपाल बीमा प्राधिकरण ५७औं वर्षमा प्रवेश, बीमा क्षेत्रलाई विप्नन वर्गको पहुँचमा पुर्‍याइने

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०८२
4.4K
Shares
नेपाल बीमा प्राधिकरण ५७औं वर्षमा प्रवेश, बीमा क्षेत्रलाई विप्नन वर्गको पहुँचमा पुर्‍याइने

ई-आर्थिक, ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रले दुरदराजमा जोड्दै, अव विप्नन वर्गसम्म पुर्‍याउने लक्ष्य रहेको बताएका छन् ।

नेपाल बीमा प्राधिकरणको ५७ औ वार्षिकोत्सव कार्यक्रमा बोल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमाक्षेत्रले दुरदराजमा जोड्दै विप्नन वर्गसम्म पुर्‍याउने बताएका हुन् ।

नेपाल बीमा प्राधिकरणले ५६ औ वार्षिकोत्सब पूरा गरि ५७ औ वर्षमा प्रवेश गरेको  छ । प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष ओझाले बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउँदै लैजानुपर्नेमा जोड दिए ।  भरपर्दाे सेवाबाट मानब जीवन र सम्पत्तिको रक्षावरण गर्नुपर्छ उनले भने  ।

हाल नेपालमा बीमाको दायरा  ४४.६४ प्रतिशत रहेको  छ , बीमाको दाबी भुक्तानी र मुद्दा फर्छ्यौट र सेवा प्रवाहमा सुधार आएको उनले दाबी गरे ।

आगामी दिनमा न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुर्‍याउन आधुनिक प्रविधी मार्फत् सेवा प्रवाह गर्ने दूरदराजसम्म पुग्नपर्ने आवश्यकता रहेको औंल्याए ।

नेपाल बीमा प्राधिकरण अन्तर्गत ३७ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन जस मध्ये १४/१४ वटा जीवन बीमा र निर्जीवन बीमा कम्पनी छन् । दुई वटा  पुनर्बीमा  कम्पनी र  ७ लघुबीमा कम्पनी रहेका छन् ।

समग्र बीमा उद्योगलाई मर्यादित र स्वच्छ बनाउनका लागि एउटा सक्षम नियमनकारी निकायको आवश्यकता परिपूर्ति गर्न वि.सं. २०२५ सालमा तत्कालीन श्री ५ को सरकार, अर्थ मन्त्रालयअन्तर्गत एउटा शाखाका रुपमा तत्कालीन बीमा समितिको स्थापना भएको थियो ।

सो ऐन बमोजिम २०२६ साल जेठ १ गते तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषदको बैठकले बीमा समिति गठन गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij