२०८३ साउन ११ सोमबार

बैंक तथा वित्तीय क्षेत्रहरुमा राष्ट्र बैंकले १० करोड ८० लाख लगानी गर्ने

ई आर्थिक    बुधबार, बैशाख ३१ २०८२
2.5K
Shares
बैंक तथा वित्तीय क्षेत्रहरुमा राष्ट्र बैंकले १० करोड ८० लाख  लगानी गर्ने

ई-आर्थिक,काठमाडौं ।  नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषहरुमा रहेको रकम लगानी गर्ने बजारमा १० करोड ८० लाख रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १०  करोड ८० लाख रुपैयाँ बढी लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषहमा रहेको पैसा  बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गका वाणिज्य बैंकमा ८ करोड ६४ लाख रुपैयाँ लगानी गर्नेछ । राष्ट्र बैंकले ख वर्गका विकास बैंकहरुमा १ करोड ६२ लाख रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ५४ लाख  निक्षेप लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले जेठ ०३ गते बेलुका ५ बजेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप २०८२ जेठ ५ देखि २०८३ जेठ ५ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij