२०८३ भाद्र २६ शुक्रबार

गृहिणी सेवा साकोसको समन्वयमा ‘निशुल्क स्तन क्यान्सर परीक्षण कार्यक्रम’ आयोजना

ई आर्थिक    मंगलबार, बैशाख ३० २०८२
6.9K
Shares
गृहिणी सेवा साकोसको समन्वयमा ‘निशुल्क स्तन क्यान्सर परीक्षण कार्यक्रम’ आयोजना

ई-आर्थिक, काठमाडौं । काठमाडौंको पुरानो नैकापमा अवस्थित गृहिणी सेवा साकोसको समन्वयमा निशुल्क स्तन क्यान्सर परीक्षण कार्यक्रम आयोजना भएको छ ।   गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्थाले समन्वय गरेको स्तन क्यान्सर परीक्षणमा २१२ जनाले जाँच गराएका थिए । आर्थिक क्षेत्रमा मात्रै नभइ सामाजिक कार्यमा सक्रिय गृहिणी सकोसले सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको अध्यक्ष शोभा भट्ट गौतमले ई- आर्थिकलाई जानकारी दिइन् ।

कार्यक्रममा वीर अस्पतालले प्राविधिक सहयोग गरेको थियो । निशुल्क स्तन क्यान्सर परीक्षण कार्यक्रमको आयोजना चन्द्रागिरी नगरपालिका तथा  चन्द्रागिरी नगरपालिका १३ नं. वडा कार्यालय तथा  भृकुटी तारा महिला समूहले गरेको अध्यक्ष भट्ट गौतमले जानकारी दिइन् ।

गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रागिरी नगरपालिकाको वडा १३ नम्बर, पुरानो नैकाप भृकुटीनगर, काठमाडौं रहेको छ ।

उक्त कार्यक्रको सहकारी संस्थाकी अध्यक्ष शोभा भट्ट गौतम सहित सञ्चालक सदस्यहरु, कर्मचारीहरु तथा सहकारी संस्थाका सदस्यहरुको उपस्थितिमा रहेको थियो । कार्यक्रममा संस्थाको सभा अध्यक्ष शोभा भट्ट गौतम रहेकी थिइन भने प्रमुख अतिथिमा चन्द्रगिरी नगरपालिका १३ का अध्यक्ष श्रीकृष्ण खत्री रहेका थिए । साथै विशेष अतिथिहरुमा कास्कुनका अध्यक्ष दिपक पनेरु तथा चन्द्रागिरी नगरपालिकाका वडा १३ का वडा सदस्यहरु अतिथि रहेका थिए ।

स्वास्थ्य परीक्षण गराउन प्राविधिक रुपमा वीर अस्पतालका जनरल सर्जन डाक्टर निलिजा शक्य, रेडियोलोजिस्ट तथा उपप्राध्यापक डाक्टर रमिला देवकोटा र किस्ट हस्पिटलका डाक्टर समिन अख्तरले उपचार तथा जाँच गरेका थिए ।

 

गृहिणी सेवा साकोसले १६ ‌औं स्थापना दिवस २४ बृद्धा आमाहरुलाई खाना खुवाएर मनायो

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij