गृहिणी सेवा साकोसले १६ ‌औं स्थापना दिवस २४ बृद्धा आमाहरुलाई खाना खुवाएर मनायो

ई-आर्थिक, काठमाडौं । काठमाडौंको  पुरानो नैकापमा  अवस्थित गृहिणी सेवा साकोसले १६ ‌औं स्थापना दिवस मनाएको छ । गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड  पुरानो  नैकाप भृकुटीनगर,  काठमाडौं  रहेको छ । गृहणी साकोसले जेष्ठ नागरिक भोजन सेवा कार्यक्रम चन्द्रागिरी स्थित मातातिर्थ बृद्धा आश्रममा मनाएको छ ।
गृहणी साकोसले आफ्नो स्थापनाको अबसरमा काठमाडौं चन्द्रगिरीमा ०६ मा रहेको मातातिर्थ बृद्धा आश्रममा रहेका २४ बृद्धा आमाहरुलाई खाना खुवाउदै स्थापना दिवस मनाएको हो ।
उक्त कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष शोभा भट्ट गौतम सहित सञ्चालक सदस्यहरु, कर्मचारीहरु  तथा सहकारी संस्थाका सदस्यहरुको उपस्थितीमा बृद्धा आश्रमका २४ जना …