ई-आर्थिक, काठमाडौं । कारोबारको दोस्रो दिन बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । बजार सुनको मूल्यमा प्रतितोला तीन हजार ७०० रुपैयाँ घटेको हो । बजारमा पछिल्लो तीनदिनदेखि सुनको मूल्य निरन्तर घटेको छ ।
आज सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दियो । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बजारमा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।