२०८३ साउन १२ मंगलबार

कुन क्षेत्रको अवस्था कस्तो ?

ई आर्थिक    आइतबार, बैशाख २८ २०८२
3.2K
Shares
कुन क्षेत्रको अवस्था कस्तो ?

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को नौ  महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका अनुसार  वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउछ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.० प्रतिशतलेर अमेरिकी डलरमा ७.३ प्रतिशतले बढेको  केन्द्रीय बैंकको तथ्यांकले देखाउछ । शोधनान्तर स्थिति रु.३४६ अर्ब २३ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेकोछ । नेपाल सरकारको खर्च रु.९९८ अर्ब ५२ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ४० करोड रहेको छ ।

साथै, विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको  राष्ट्र बैंकको तथ्याङकले देखाउछ ।

यस्तो छ समग्र अवस्था

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij