२०८३ साउन ११ सोमबार

डेडिकेटेड तथा ट्रकंलाइनको बक्यौता रहेका उद्योगीलाई जेठ मसान्तभित्र पुनरावेदनमा आउन आग्रह

ई आर्थिक    शुक्रबार, बैशाख २६ २०८२
2.9K
Shares
डेडिकेटेड तथा ट्रकंलाइनको बक्यौता रहेका उद्योगीलाई जेठ मसान्तभित्र पुनरावेदनमा आउन आग्रह

ई-आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेट र ट्रकं लाइनका बक्यौता रहेका उद्योगीहलाई आगामी जेठ मसान्तभित्र बक्यौताको तिर्न आग्रह गरेको छ ।

उद्योगीहरुलाई नेपाल विद्युत् प्राधिकरणले आगामी जेठ मसान्तभित्र बक्यौताको ५ प्रतिशत नगद वा एक वर्षको म्याद रहने गरी जारी भएको बैंक ग्यारेन्टी धरौटी जम्मा गरी पुनरावेदनमा आउन सूचना मार्फत आग्रह गरेको हो  ।

प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पुनरावेदनका लागि निवेदन दिने म्याद एक महिना तोकेको छ ।   हालसम्म कुनै उद्योगी पुनरावेदनका लागि प्राधिकरणको गएका छैनन् ।

प्राधिकरणको सूचनामा  ‘डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरी विद्युत् महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेठमसान्तभित्र प्राधिकरणको विद्युत वितरण विनियमावली, २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी ऐन विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको उल्लेख छ ।

यस्तो छ प्राधिकरणको सूचना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij