ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्यमा उतारचढाव कायम भएको छ । सोमबार तोलमा ५ सयले बढेको सुन आज भारीमात्रामा वृद्धि भएको छ। यो साता आइतबार घटेर सोमबार प्रतितोला पाँचसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार एकैदिन प्रतितोला ५ हजार ३ सय रूपैयाँले बढेको हो।
मंगलबारका सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जानकारी दियो । सोमबार सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै,बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले वृद्धि भएको छ ।
सोमबार प्रतितोला एक हजार ९ सय १० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ९ सय ६५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ।
त्यस्तै, अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको आकंलन गर्न सकिन्छ ।