ई-आर्थिक, काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् । काठमाडौं स्थित थापाथलीमा(केई शोरुम/ हुन्डाई शोरुमको विपरित दिशामा) आगामी बैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुदैछ ।
‘केई एक्सचेन्ज कार्निभल २०८२’ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ । सो कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ ।
कार्निभलका मुख्य आकर्षणहरू
• ग्राहकहरूले यस एक्सचेन्ज योजना अन्तर्गत विशेष अन-द-स्पट सवारी साधन मूल्याङ्कन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्याङ्कनमा दुई जनाको लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्छन् ।
• थप रुपमा बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने छ ।
• प्रत्येक बुकिङको साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारी साधन सँग Bosch Jet Car Washer र X3 Pro सवारी साधनको साथ Bosch Washing Machine प्राप्त गर्न सकिने छ ।
• कार्निभलमा पारिवारिक मनोरञ्जन, खेलहरू र संगीत प्रस्तुत गरिनेछ, जहाँ सबै उमेरका लागि रमाइलो र उत्सवपूर्ण मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् ।
केई नेपालले आफ्नो वार्षिक ‘केई एक्सचेन्ज कार्निवल २०८२’ को आधिकारिक रुपमा सुरुवात गरेको छ ।
यस कार्निभलको उद्देश्य स्मार्ट र थप रमाइलो तरिकाले विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्न प्रोत्साहित गर्नु हो । कार्निभलले सुविधा, बचत र उत्सवहरूमा केन्द्रित हुँदै इभीका पारखीहरू र उनीहरुका परिवारका लागि मनोरञ्जनसँगै केईका उत्पादन बारे जानकारी गराउने लक्ष्य राखेको छ ।
एक्सचेन्ज कार्निभलको समयमा, ग्राहकहरूले जुनसुकै ब्रान्डका आफ्ना पुराना सवारी साधनहरू ल्याउन सक्नेछन् र उत्कृष्ट रिसेल मुल्यसहित विशेषज्ञ सवारी मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । यसका साथै केईले विशेष एक्सचेन्ज बोनस, नगद छुट, सडक कर र बीमाको पूर्ण कभरेज समेत प्रदान गर्नेछ ।
तीन विद्युतीय लाइन अप मोडेलहरू ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो मार्फत केई अटोले आराम, शैली, सुरक्षा र उत्कृष्ट परफरमेन्ससहित आफ्ना उत्पादनमा दिगो नवीनता प्रदान गरेको छ ।
कार्निभलमा मनोरञ्जन र संगीत, रमाइला खेलहरू र सम्पूर्ण परिवारलाई संलग्न गराउने मनोरञ्जनात्मक गतिविधिहरू हुने छन् । केई नेपालले सबै इभी प्रेमीहरू र अपग्रेड खोज्ने इभी पारखीहरूलाई परिवारसहित एक्सचेन्ज कार्निभल २०८२ मा गतिशीलता र नवीनताको यस भव्य उत्सवको हिस्सा बन्न आमन्त्रित गर्दछ ।
चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटोले इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधन उत्पादन गरिरहेको छ, जुन पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशिया लगायत देश र क्षेत्रहरूमा निर्यात गरिन्छ । नेपालमा, केईलाई जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटी प्रालिद्वारा वितरण गरिन्छ ।