२०८३ साउन १० आइतबार

ऊर्जा विकास मार्गचित्र’ कार्यान्वयनमा लैजाने, भूमि बैंक सञ्चालनमा ल्याइने

ई आर्थिक    शुक्रबार, बैशाख १९ २०८२
6.2K
Shares
ऊर्जा विकास मार्गचित्र’ कार्यान्वयनमा लैजाने, भूमि बैंक सञ्चालनमा ल्याइने

ई-आर्थिक, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्‌मा प्रस्तुत गरिरहेका छन ।   सरकारले ऊर्जा सुरक्षालाई मध्यनजर गर्दै ठूला जलविद्युत् परियोजनाहरू उपयुक्त वित्तीय ढाँचामा निर्माण गर्न अभियान अगाडि बढाउने भएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्‌मा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दीर्घकालीन ऊर्जा व्यवस्थापन तथा उत्पादन विस्तारलाई प्राथमिकतामा राखिएको घोषणा गरेका हुन्।

राष्ट्रपतिले संसद्‌मा प्रस्तुत नीति तथा कार्यक्रममा दिगो ऊर्जा विकासका लागि पूर्वनिर्धारित ‘ऊर्जा विकास मार्गचित्र’ कार्यान्वयनमा लैजाने उल्लेख गरेका छन्। सो मार्गचित्रअनुसार आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। सोहीअनुरूपको पूर्वाधार निर्माणको प्रक्रिया यसै वर्षदेखि सुरु गरिने सरकारको योजना छ।

सरकारले ऊर्जा उत्पादन, प्रसारण र वितरण प्रणालीमा आधुनिकीकरण, क्षेत्रीय विद्युत् व्यापार सञ्जालमा नेपाललाई केन्द्रबिन्दु बनाउने र निजी क्षेत्रको लगानीलाई आकर्षित गर्ने नीतिगत सुधार ल्याउने तयारी पनि अघि सारेको छ।

साथै राष्ट्रपति रामचन्द्र पौडेलले भूमि बैंक सञ्चालनमा ल्याइने बताएका छन्। राष्ट्रपति पौडेलले जग्गा उपलब्धताको सुनिश्चितका लागि भूमि बैंक सञ्चालनमा ल्याउने बताएका हुन्।  नीति तथा कार्यक्रममा परियोजनालाई धितोमा राखेर कर्जा लिने व्यवस्था समेत समावेश गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij