ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंककाअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउछ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतलेर अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाउछ ।
शोधनान्तर स्थिति रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको छ । साथै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ । नेपाल सरकारको खर्च रु.८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु.७२० अर्ब ३५ करोड रहेको छ ।
साथै विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङकले देखाउछ ।