२०८३ भाद्र ३० मंगलबार

सुनको मूल्यमा एतिहासिक रेकर्ड, एकैदिन तोलामा ५ हजार ७ सय रूपैयाँले बढोत्तरी

ई आर्थिक    बिहिबार, चैत्र २८ २०८१
5.4K
Shares
सुनको मूल्यमा एतिहासिक रेकर्ड, एकैदिन तोलामा ५ हजार ७ सय रूपैयाँले बढोत्तरी

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा भारीरुपमा सुनको मूल्य बढ्दै एतिहासिक रेकर्ड राखेको छ । सुन बजारमा प्रतितोला  ५ हजार ७ सय रूपैयाँले वृद्धि हुँदै भएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च  रहदै प्रतितोला एक लाख ८१ हजार एकसय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दियो ।

केही दिनएता  लगातार घटिरहेको सुनको मूल्य बुधबार पुन: उकालो लागेको थियो। बुधबार सुन प्रतितोला एक लाख ७५ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

यसअघि चैत २१ मा सुन उच्च मूल्य प्रतितोला एक लाख ८० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ६५ रूपैयाँले बढेर प्रतितोला एक हजार ९ सय रूपैयाँ पुगेको छ।

सुन प्रतितोला आज १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि  सुन मूल्य  बजारमा बढेको छ । कतिपय अन्तर्राष्ट्रिय मिडियाहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेपछि सुनको मूल्य बढेको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij