२०८३ भाद्र २६ शुक्रबार

गोर्खाज फाइनान्सको का.मु. सिइओमा दिपक न्यौपाने नियुक्त

ई आर्थिक    बुधबार, चैत्र २७ २०८१
5.9K
Shares
गोर्खाज फाइनान्सको का.मु. सिइओमा दिपक न्यौपाने नियुक्त

ई-आर्थिक, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको  काय मुकायम प्रमुख कार्यकारी अधिकृतमा  दिपक न्यौपाने नियुक्त  भएका छन् ।  गोखार्ज फाइनान्स लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले कायम मुकाय  प्रमुख कार्यकारी अधिकृतमा अर्काे व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो  ।

वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गरेको हो ।

नवनियुक्त का.मु. प्रमुख कार्यकारी अधिकृत वित्तीय संस्थामा विगत तीन वर्ष देखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन् ।

अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij