२०८३ भाद्र २९ सोमबार

पेट्रोलियम पदार्थको खपत बढ्दो, पेट्रोलियम पदार्थमा ६ प्रतिशतले बिक्रीदर वृद्धि

ई आर्थिक    बिहिबार, चैत्र २१ २०८१
4.8K
Shares
पेट्रोलियम पदार्थको खपत बढ्दो, पेट्रोलियम पदार्थमा ६ प्रतिशतले बिक्रीदर वृद्धि

ई-आर्थिक, बाँके ।  विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेको छैन। नेपालगञ्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो।

यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टितेल चार र एलपी ग्यास छ प्रतिशतले बिक्रीदर वृद्धि भएको जानकारी दिए।

उनका अनुसार चालु आवको फागुन मसान्तसम्म डिपोबाट पेट्रोल १९ हजार ७४२ केएल, डिजेल ५० हजार ७९८ केएल, मट्टितेल ३३२ केएल र एलपी ग्यास ३१ हजार ९६२ केएल बिक्री भएको छ।

गत आवको सोही अवधिसम्ममा पेट्रोल १७ हजार ९२७ केएल, डिजेल ४८ हजार ३९० केएल, मट्टितेल ३२० केएल र एलपी ग्यास ३० हजार २९३ केएल बिक्री भएको थियो।

यस डिपोमा पेट्रोल ९७० केएल, डिजेल दुई हजार २८० केएल, मट्टितेल १४० केएल र एलपी ग्यास २८० केएल भण्डारण क्षमता रहेको प्रमुख डिसीले जानकारी दिए।

डिपोले लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, प्यूठान र रोल्पा तथा कर्णाली प्रदेशको सल्यान, सुर्खेत, जुम्ला, पश्चिम रुकुम, डोल्पा र जाजरकोटमा रहेका एक सय छ डिलरलाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij