२०८३ साउन १० आइतबार

कुलमान घिसिङ र हितेन्द्र शाक्यको रिट आज पनि ‘हेर्दाहेर्दैमा’

ई आर्थिक    बुधबार, चैत्र २० २०८१
5.6K
Shares
कुलमान घिसिङ र हितेन्द्र शाक्यको रिट आज पनि ‘हेर्दाहेर्दैमा’

ई-आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङ र नवनियुक्त प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज पनि  हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैको रिट आज पनि हेर्दाहेर्दैमा राखेको हो । उनीहरुको सुनवाई नसकिएपछि नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार  घिसिङ र शाक्यको रिट ‘हेर्दाहेर्दैमा’ राखिएको थियो । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा सुनुवाइ नसकिएपछि उनीहरुको रिट हेर्दा हेर्दैमा परेको थियो ।

गत आईतवार कुलमान घिसिङको रिट ‘हेर्न नभ्याइने’मा परेको थियो । सर्वोच्च अदालतले शुक्रबार घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको थियो।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक घिसिङ आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा पुगेका थिए । आफूलाई गैरकानुनी तरिकाले पदमुक्त गरेको भन्दै पुनस्थापना गर्नुपर्ने माग राखि सर्वोच्चमा सरकारबिरूद्ध रिट निवेदन दायर गरेका हुन्।

उनलाई सोमबार मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाएको थियो । सरकारले उनलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पदबाट वर्खास्त गरेको थियो ।

घिसिङ २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । उनको कार्यकाल २०८२ साउन २४ सम्म थियो । देशलाई अध्याँरोबाट उज्यालो ल्याएका उर्जाको नायक घिसिङ बर्खास्ती सबै तह र तप्काबाट यसको विरोध भैरहेको छ ।

सरकारले उनलाई बर्खास्ती गरेसंगै विभिन्न क्षेत्रका व्यक्ति तथा राजनीतिक दलहरुले उनलाई साथ दिदै बर्खास्तीको विरोध गर्दै प्रर्दशन गर्दै आएका छन् ।

कुलमान घिसिङ र हितेन्द्र शाक्यको रिटमा सुनवाइ जारी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij