२०८३ साउन ११ सोमबार

सुनको मूल्य हालसम्मकै उच्च, विश्व व्यापारमा आएको अनिश्चितताकारण महंगिदै सुन

ई आर्थिक    सोमबार, चैत्र १८ २०८१
3.8K
Shares
सुनको मूल्य हालसम्मकै उच्च, विश्व व्यापारमा आएको अनिश्चितताकारण महंगिदै सुन

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा केही दिनदेखि सुनको मूल्यले एतिहासिक रेकर्ड राख्दै आएको छ ।  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्य कायम गरेको छ । आज प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर  १ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।

बजारमा केही दिनदेखि सुनचाँदीको मूल्यमा उतारचढाव भैरहेको छ ।  सुन हिजो आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँको उच्च मूल्यमा पुगेको थियो भने  गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।  बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। यसअघिको उच्च मूल्य यही चैत ६ र ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम महासंघले बतायो ।

त्यस्तै आज  चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको छ । आईतबार चाँदी तोलाको दुई हजार २५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।  विश्व व्यापारमा अनिश्चितता बढ्दा सुनमा बढ्दैजादाँ  लगानीकार्ताहरु सुनमा  आकर्षण भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij