ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्यले एतिहासिक रेकर्ड बनाएको छ ।नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्य कायम गरेको छ । आज प्रतितोला सुन एक हजार ४ सय रुपैयाँले बढेर १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।
बजारमा केही दिनदेखि सुनचाँदीको मूल्यमा उतारचढाव भैरहेको छ । हिजो बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो।
यसअघिको उच्च मूल्य यही चैत ६ र ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो।
त्यस्तै आज शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँ कायम भएको छ।
