२०८३ साउन १० आइतबार

कुलमान घिसिङको रिट निवेदन सर्वोच्चमा दर्ता, पदवाहाली होला त ?

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
7K
Shares
कुलमान घिसिङको रिट निवेदन सर्वोच्चमा दर्ता, पदवाहाली होला त ?

ई-आर्थिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहिवार दर्ता भएको छ ।।

सर्वोच्च अदालतको प्रशासनले शुक्रबार घिसिङको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ।

हिजो नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा पुगेका थिए  । आफूलाई गैरकानुनी तरिकाले पदमुक्त गरेको भन्दै पुनस्थापना गर्नुपर्ने माग राखि सर्वोच्चमा सरकारबिरूद्ध रिट निवेदन दायर गरेका थिए ।

उनलाई  सोमबार मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाएको थियो । सरकारले उनलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पदबाट वर्खास्त गरेको थियो ।

घिसिङ २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । उनको कार्यकाल २०८२ साउन २४ सम्म थियो । देशलाई अध्याँरोबाट उज्यालो ल्याएका उर्जाको नायक घिसिङ बर्खास्ती सबै तह र तप्काबाट यसको विरोध भैरहेको छ ।

सरकारले उनलाई बर्खास्ती गरेसंगै विभिन्न क्षेत्रका व्यक्ति तथा राजनीतिक दलहरुले उनलाई साथ दिदै बर्खास्तीको विरोध गर्दै प्रर्दशन गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij