२०८३ साउन १० आइतबार

१४ अर्ब ४६ करोड राजस्व संकलन, २१.४० प्रतिसतले बृद्धी

ई आर्थिक    मंगलबार, चैत्र १२ २०८१
3.6K
Shares
१४ अर्ब ४६ करोड राजस्व संकलन, २१.४० प्रतिसतले बृद्धी

ई-आर्थिक, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ। गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यसवर्ष फागुन मसान्तसम्ममा १४ अर्ब ४६ करोड ६४ लाख रूपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष यसै अवधिमा ११ अर्ब ९१ करोड ६१ लाख रूपैयाँ राजस्व संकलन भएको थियो।

विभागले यसवर्ष १५ अर्ब ७० करोड १० लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व संकलन भएको हो।

विभागले गतवर्ष २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रूपैयाँ राजस्व संकलनका लागि लक्ष्य तोकेको थियो। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij