२०८३ साउन १० आइतबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक

ई आर्थिक    आइतबार, चैत्र १० २०८१
5K
Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीको प्रधान कार्यालय, कमलादीमा आइतबार आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।

क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ज्यूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तिथी मिति तथा सार्वजनिक बिदाहरु समेटिएको अगामी वर्ष २०८२ को क्यालेण्डर समयमै प्रकाशित गरेको बताउनुभयो । प्रकाशित २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर वितरण कार्य आजैबाट सुरु हुने बताउनु भयो ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलगायत उच्च व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij