२०८३ साउन १२ मंगलबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष भट्टचनले लिइन सपथ ग्रहण

ई आर्थिक    बिहिबार, साउन ४ २०८०
7K
Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष भट्टचनले लिइन  सपथ ग्रहण

ई–आर्थिक, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनको सपथ ग्रहण लिएकी छन् । उनले नेपाल बीमा प्राधिकरणमा सपथ ग्रहण लिएकी हुन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्राधिकरण कार्यालयमा आज उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

प्रभु महालक्ष्मी लाइफको श्रावण १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो। अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा बसि अनुभव हासिल गरेकी छिन् ।

आषाढ २९ गतेबाट एकिकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यिय संचालक समिति रहेकोछ। अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहेका छन् । स्वतन्त्र संचालक मनोनयन हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij