२०८३ भाद्र २७ शनिबार

भाटभटेनी सुपर मार्केटको गाडीमा अवैध विद्युतीय चुरोट

ई आर्थिक    बिहिबार, चैत्र ७ २०८१
8.6K
Shares
भाटभटेनी सुपर मार्केटको गाडीमा अवैध विद्युतीय चुरोट

ई-आर्थिक, काठमाडौं । भाटभटेनी सुपर मार्केटको गाडीमा अवैध रूपमा विद्युतीय सिगरेट फेला परेको  छ । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा विद्युतीय सिगरेट फेला परेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । प्रहरीले मंगलबार भाटभटेनीको गाडीबाट ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको थियो ।

तातोपानी भन्सारबाट भाटभटेनीको सामान बोकी काठमाडौँतर्फ जाँदै गरेको मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ना.६ ख ५४९६ नंम्वरको डिब्बा गाडीबाट ९३ डब्बा सामाग्री बरामद भएको छ ।

बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ ।

बरामद भएको  सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका वडा नंम्वर २ का प्रवीण खत्री र डिब्बा गाडी नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij