२०८३ भाद्र २९ सोमबार

चालु आर्थिक वर्षको आठ महिनामा ६९ वटा व्यावसायिक फर्म कारबाहीमा, १० लाख ५० हजार रूपैयाँ जरिवाना

ई आर्थिक    मंगलबार, चैत्र ५ २०८१
4.4K
Shares
चालु आर्थिक वर्षको आठ महिनामा ६९ वटा व्यावसायिक फर्म कारबाहीमा,  १० लाख ५० हजार रूपैयाँ जरिवाना

ई-आर्थिक, नेपालगञ्ज।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ६९ वटा व्यावसायिक फर्मलाई कारबाही गरेर १० लाख ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

सो अवधिमा उक्त कार्यालयका प्रमुख हरिबहादुर खत्रीले इजाजत नलिएको, म्याद गुज्रेका वस्तुको बेचबिखन गरेको, मूल्यसूची नराखेकोलगायत कसुरमा ती फर्मलाई कारबाही गरिएको जानकारी दिए।

कार्यालयबाट आयात र निर्यातका लागि इजाजत दिने, बजार अनुगमन गर्ने र विद्यालय उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।

लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम र कर्णाली प्रदेशका सबै जिल्ला गरी १६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर गर्नेगरी उपभोक्ताको अधिकार हनन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नियामक निकायलाई सुझाव दिएको छ।

उक्त कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४३, आव ०७९/०८० मा ३५ र आव ०८०/०८१ मा १४० फर्मलाई कारबाही गरेर ३२ लाख ९५ हजार रूपैयाँ जरिवाना असुल गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij