ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकका आर्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ ।
आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.३ प्रतिशत र अमेरिकी डलरमा ५.३ प्रतिशतले बढेको देखिन्छ ।
शोधनान्तर स्थिति रु.२८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । साथै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च रु.७५४ अर्ब ८५ करोड र राजस्व परिचालन रु.६४२ अर्ब ८५ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङकले देखाउछ ।