२०८३ भाद्र ३० मंगलबार

कैलालीका विपन्न दलित महिलालाई स्वरोजगार बनाउन अनुदान रकम वितरण

ई आर्थिक    सोमबार, फाल्गुन १९ २०८१
5.2K
Shares
कैलालीका विपन्न दलित महिलालाई स्वरोजगार बनाउन अनुदान रकम वितरण

ई-आर्थिक, गोदावरी ।  कैलालीका दुई पालिकामा समूहका विपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन अनुदान रकम वितरण गरिएको छ।

दलित महिला संघ (फेडो) कैलालीले धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाका-१० वटा समूहका २९ जना विपन्न दलित महिलालाई तीन/तीन लाखका दरले अनुदान रकम वितरण गरेको हो।

नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवर्द्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो। उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीयस्तरमा उद्यमशील बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेको दलित महिला संघका अध्यक्ष सविना सुनारले बताइन्।

महिलाले सो रकम कुखुरापालन, खुद्रा पसल, बाख्रापालन, बंगुरपालन लगायत अन्य सीपमूलक व्यवसायमा लगानी गरेको उनको भनाइ छ। परियोजनाबाट व्यवसाय सञ्चालन सहयोग र ङ्याचिगम सहयोग गरी प्रतिव्यक्ति १५ हजारदेखि ३५ हजार रूपैयाँसम्म अनुदान दिइएको अध्यक्ष सुनारले जानकारी दिइन्।

अनुदान रकम थोरै भए पनि विपन्न महिलाले सानो सानो उद्यम गरी आफूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने जनाइएको छ। रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यमशीलता विकास तालिम, व्यावसायिक योजना निर्माणलगायतका सीप प्रदान गरेको अध्यक्ष सुनारको भनाइ छ।

दुवै पालिका तथा वडास्तरीय जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको सो अनुदान रकम समूहको बीउपुँजीका रूपमा रहने र बढीमा एक वर्षपछि घुम्ती कोषका रूपमा अन्य व्यवसाय गर्ने सदस्यलाई समूहले निर्णय गरी प्रदान गरिने कार्यक्रम संयोजक विनोदकुमार घिमिरेले बताए।

जसबाट समूहको बचत कोषको प्रवर्द्धन भइ समूहका प्रत्येक सदस्यलाई आर्थिक गतिविधि सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij