२०८३ साउन ९ शनिबार

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

ई आर्थिक    मंगलबार, फाल्गुन १३ २०८१
3.1K
Shares
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

ई-आर्थिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा  नियुक्त  शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका हुन् ।

उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पदभार पछि उनले  नेपाल सरकारले युवालाई विश्वास गरेर महत्वपूर्ण जिमेवारी दिएको बताएका छन्  । ‘जिम्मेवारीसँगै चुनौती पनि रहेको भन्दै  बीमा ऐन, कार्यविधि, नियमावली तथा निर्देशीका, मापदण्डका आधारमा असल अभ्यासको निरन्तरता दिने ओझाले बताए । ”सरकारले युवापुस्ताको काँधमा दिएको महत्वपूर्ण जिम्मेवारी पुरा गर्न सम्पूर्ण ध्यान केन्द्रीत गर्नेछु’ । उनले भने

ओझा पत्रकार तथा अध्यापन अनुभव रहेको छ । ३३ वर्षका ओझाको पत्रकारिता, शिक्षण र व्यवस्थापकीय क्षेत्रमा १२ वर्षको अनुभव रहेको छ ।

उनले यस भन्दा अगाडी नेपाल उद्योग परिसंघ र नेपाल उद्योग बाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संस्थाहरुमा कार्य गरिसकेका छन् । यद्यपी उनका लागि बीमा क्षेत्र एकदमै नया रहेको छ । उनले नेतृत्व गर्ने संस्थाको निर्देशक तथा कार्यकारी निर्देशक नै ५ दशक पार गरिसकेका अधिकृतहरु छन् ।

व्यवस्थापन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका उनको सबैभन्दा लामो अनुभव शिक्षण र पत्रकारितामा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij