२०८३ असोज २ शुक्रबार

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त, को हुन ओझा ?

ई आर्थिक    मंगलबार, फाल्गुन १३ २०८१
4.5K
Shares
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त, को हुन ओझा ?

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन्।  उनी  प्राधिकरणले अध्यक्ष सिफारिस समितिले गरेको  ३ जनाको नाम सर्टलिष्ट परेका थिए ।

उनीसंगै  सिफारिस रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो ।  मन्त्रिपरिषद्को बैठकले  नेपाल बीमा प्राधिकरणको अध्यक्षमा  उनलाई  नियुक्त गरेको हो ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको बागडोर सम्हाल्ने जिम्मेवारी प्रदान गरेको थियो  ।

ओझा  पत्रकार तथा अध्यापन  अनुभव रहेको छ ।   ३३ वर्षका ओझाको पत्रकारिता, शिक्षण र व्यवस्थापकीय क्षेत्रमा १२ वर्षको अनुभव रहेको छ ।

उनले यस भन्दा अगाडी नेपाल उद्योग परिसंघ र नेपाल उद्योग बाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संस्थाहरुमा कार्य गरिसकेका छन् । यद्यपी उनका लागि बीमा क्षेत्र एकदमै नया रहेको छ । उनले नेतृत्व गर्ने संस्थाको निर्देशक तथा कार्यकारी निर्देशक नै ५ दशक पार गरिसकेका अधिकृतहरु छन् ।

नेपाली कांग्रेस निकट मानिने ओझा सभापती देउवाको जोडबलमा अध्यक्ष बन्न सफल भएको चर्चा छ । व्यवस्थापन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका उनको सबैभन्दा लामो अनुभव शिक्षण र पत्रकारितामा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij