२०८३ साउन १० आइतबार

सानिमा रिलायन्स लाइफले सेयरधनीलाई ९.२४ प्रतिशत लाभांश वितरण गर्ने

ई आर्थिक    मंगलबार, फाल्गुन १३ २०८१
5.2K
Shares
सानिमा रिलायन्स लाइफले सेयरधनीलाई ९.२४ प्रतिशत लाभांश वितरण गर्ने

ई-आर्थिक, काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.२४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाषणा गरेको हो। जसमध्येमा १.२४ बोनस शेयर वितरण गर्ने घाषणा गरेको भएको छ भने ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

फागुन १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

हाल सानिमा रिलायन्स लाइफको चुक्ता पूँजी ४ अर्ब ९५ करोड रहेको छ । १.२४ प्रतिशत बोनस शेयर वितरण पश्चात पूँजी ५ अर्ब पुग्नेछ । कम्पनीले न्युनतम पूँजी जुटाएर यस पटक शेयरधनीलाई नगद दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij