२०८३ साउन १० आइतबार

‘नेपालको सम्भावनामा महिला उद्यमी उत्साहित छन्’ : अध्यक्ष ज्ञवाली

ई आर्थिक    सोमबार, फाल्गुन १२ २०८१
8.6K
Shares
‘नेपालको सम्भावनामा महिला उद्यमी उत्साहित छन्’ : अध्यक्ष ज्ञवाली

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले ‘म नागरिक, म बनाउँछु नेपाल’ कायक्रम आयोजना गरेको छ ।

नेपालगञ्जमा गरेको उक्त कार्यक्रममा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्दि ज्ञवालीले देशलाई बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताएकी छन् ।

उनले भनिन्– ‘यो देश हामीले बनाउँने हो, युवाले बनाउने हो ।’ युवाले देश नबनाएर कसले बनाउने भन्दै उनले प्रश्न समेत गरेकी छन् ।

नेपालको सम्भावनामा महिला उद्यमी उत्साहित छन् : अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ महिलाहरू उद्यमशील बनिरहेको बताएकी छन् ।

नेपाल रिपब्लिक मिडियाले आज नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक, म बनाउँछु नेपाल’ कार्यक्रममा उनले यस्तो बताएकी हुन्। महिलाहरू गाउँदेखि शहरसम्म साना–साना उद्योग चलाएर आत्मनिर्भर बनिरहेको उनले सुनाइन् ।

‘महिला दिदीबहिनीहरू देशमै केही गर्छौं भनेर उद्यममा लाग्नु भएको छ,’ अध्यक्ष ज्ञवालीले भनिन्– ‘नेपालमा रोजगारी छैन भन्ने गलत मानसिकतालाई महिलाहरूले तोडिरहेका छन् ।’

नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवाली, सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपाने र संरक्षणकर्मी मनोज गौतम वक्ताको रूपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij