ई-आर्थिक, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ जारी गर्ने भएको हो ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
लगानीकर्ताले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिने लघुवित्तले जनाएको छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ
यस वित्तिय संस्थाको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।