२०८३ साउन १० आइतबार

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित

ई आर्थिक    बुधबार, माघ ३० २०८१
6.3K
Shares
ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित

ई-आर्थिक, काठमाडौं ।  नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो।

उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलमा संघले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले निगम र संघका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए। उनले संघले राखेकामध्ये जायज माग सम्बोधन गर्ने आश्वासन दिए।

संघले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो। संघले ६ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नु परिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ।

मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको थियो।

समितिले पेस गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले संघको आन्दोलन १५ दिनका लागि स्थगित गरिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij