२०८३ साउन ११ सोमबार

आइएमई लाइफले दियो शेयरधनीलाई २१.०५ प्रतिसत नगद लाभांश

ई आर्थिक    बुधबार, माघ ३० २०८१
3.6K
Shares
आइएमई लाइफले दियो  शेयरधनीलाई २१.०५ प्रतिसत नगद लाभांश

ई-आर्थिक, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले  आफ्ना   शेयरधनीलाई दुई वर्षमा  ४७.३६ प्रतिसत लाभांश दिएको छ ।

प्रिमियममा आइपिओ निष्काशन गरेरे पूँजीकोष बलियो बनाएको आइएमई लाइफले पछिल्लो दुई आर्थिक वर्षमै शेयरधनीलाई ४७.३६ प्रतिसत लाभांश दिएको हो  । अघिल्लो आर्थिक वर्षमा २५ प्रतिसत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिसत नगद लाभांश दिएको थियो ।

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब सहजै पुर्याएको आइएमई लाइफले यस वर्ष २१.०५ प्रतिसत नगद लाभांश दिएको छ । जुन शेयरधनीहरुको अपेक्षा पनि गरेका थिएनन् । कम्पनीले मुनाफा तथा जगेडा कोषबाट एक अर्ब ५ करोड रुपैयाँ नगद वितरण गर्ने भएको हो ।

व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा परिरहेको अवस्थामा यसरी कम्पनीले नगद लाभांश वितरण गर्दा शेयरधनीले ठुलो राहात प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij