ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ५.४४ प्रतिशतले बढेर २३ करोड १६ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १८.७३ प्रतिशत बढेको छ भने कुल आम्दानी २०.९७ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २४.९२ प्रतिशत र कुल खर्च २१.९९ प्रतिशत बढेको छ।
४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १३ करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५० करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ रहेको छ।