२०८३ साउन १२ मंगलबार

पाथीभरा केबुलकार निर्माणका विषयमा गलत प्रचार गरियो: अध्यक्ष ढकाल

ई आर्थिक    बिहिबार, माघ २४ २०८१
6.5K
Shares
पाथीभरा केबुलकार निर्माणका विषयमा गलत प्रचार गरियो: अध्यक्ष ढकाल

ई-आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबुलकार निर्माणका विषयमा गलत प्रचार गरिएको बताएका छन् । उनले  पाथीभराको केबुलकार निर्माणको विषयमा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको बताएका छन्  ।  केबुलकार निर्माण गर्दा सबै धर्मलाई प्रोत्साहन गर्ने र रोजगारीको अवसर सिर्जना गर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

उनले भने,‘बिकास निर्माणका हिसाबमा धर्मको नाममा लागेर नकरात्मक प्रचार नगरौं । पाथीभराको केबुलकार निर्माणको कुरामा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको छ । केबुलकारले सबै धर्मलाई प्रोत्साहन गर्छ, रोजगारीको अवसर सिर्जना गर्छ ।’

उनले पवित्र उद्देश्यले काम गर्दा पनि आफूलाई वदनाम गराउन खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्  । ‘केही मान्छेहरु आफ्नो लोकप्रियताका लागि मेरो बदनाम गराउन खोजिरहेका छन् । म अत्यन्तै चिन्तित छु । पाथीभराका विषयमा मेरो उद्देश्य पवित्र छ,’ उनले भने ।

साथै  रोजगारको अवसर सिर्जना गर्न सबैजना एक भएर नलागे सन्नतीहरु पछुताउने वातावरण रहेको बताए । ‘नेपालमा रोजगारी दिने कुरा, अवसर बनाउने कुरा बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्न एकमत भएर लागेनौं भने भोलि हाम्रा सन्नतीहरु पछुताउने वातावरण बाहेक अरु केही हुँ दैन ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij