ई-आर्थिक, काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।
कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीे बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हुन् । प्राधिकरणको बुधबार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात रिक्त कार्यकारी निर्देशक कार्यक्षमताको मूल्यांकनबाट बढुवा गरेको हो ।
प्राधिकरणको सुपरिवेक्षण महाशाखा प्रमुख रहेका सुवेदी कार्यक्षमता र जेष्ठताका आधारमा बढुवा सिफारिस भएका हुन् ।
पदपूर्ति समितिको सिफारिस अनुसार सुवेदीले सूचना प्रकाशित भई कार्यालय खुलेपछि नियुक्ती पत्र पाउनेछन् । साथै पदभार ग्रहण गर्नेछन् ।
कार्यकारी निर्देशमा बढुवा भएका सुवेदी बीमा ऐन २०७९ को मौस्यौदा तयार पार्नेदेखि लिएर अन्तिम चरणसम्म अनवरत रुपमा खटिएका थिए । उनि बीमा प्राधिकरणका हरेक निर्देशिका, नियमदेखि लिएर आन्तरिक कार्यसम्पदानमा अब्बल मानिन्छन् । उनको कार्यकाल ५ वर्षको रहनेछ ।
प्राधिकरणको कार्यकारी निर्देशकमा निर्देशकहरु कमराज रेग्मी, सुशिल देव सुवेदी, पुजन ढुंगेल प्रतिस्पर्धामा थिए ।