ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ ।
मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजार ९ सयले बृद्धी भएको सुन आज दुई हजार २०० ले बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढ्दा चाँदीको मूल्य भने ४५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६६ हजार ९०० रुपैयाँमा पुगेको छ । हिजो सुनको मूल्य १ लाख ६४ हजार ७००मा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भएको छ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको हो ।
साथै आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतीतोला एक हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । साथै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको थियो ।