२०८३ साउन ११ सोमबार

माघ २४ देखि राजधानीमा एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरणमा

ई आर्थिक    आइतबार, माघ २० २०८१
3.3K
Shares
माघ २४ देखि राजधानीमा एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरणमा

ई-आर्थिक, काठमाडौं ।  आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५ु तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०ले यसबारे जानकारी दिएको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ(नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।

३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह(शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम ९ज्ःऋ ल्भउब िज्क्ष्प्क्भ्ःक्ष् ऋब्ल् क्ष्लाय(त्भअज द्दण्द्दद्ध ष्ल बककयअष्बतष्यल धष्तज ःभचअबलतष्भि इााष्अभ क्थकतझक० रहेको छ  ।

त्यस्तै क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा। लि। ९गोगोरो०, सिल्भर स्पोन्सरहरूमा एस(पावर बीपीई प्रा। लि। र अनलिमिटेड टेक्नोलोजी प्रा। लि ९ज्याप० रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा।लि।, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा।लि।, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा।लि। ९कताहो० र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।

प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा। लि।, म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रा। लि।, मेगाटेक ग्रुप, हाइ(टेक इन्जिनियरिङ प्रा। लि। ९डिजिकम०, पाइन ओबरसिज प्रा। लि।, सुबिसु केबलनेट प्रा। लि। लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा विट्सा ९ध्यचमि क्ष्ललयखबतष्यल, त्भअजलययिनथ बलम क्भचखष्अभक ब्ििष्बलअभ( ध्क्ष्त्क्ब्०, असोसियो ९ब्कष्बल(इअभबलष्बल ऋयmउगतष्लन क्ष्लमगकतचथ इचनबलष्शबतष्यल( ब्क्इऋक्ष्इ०, टीओए सफ्टवेयर कर्प ९त्यब क्यातधबचभ ऋयचउ।० लगायत को सहयोग रहेको छ ।

नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताउनुभयो । ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भन्नुभयो । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेको बताउँदै उहाँले सामूहिक प्रयत्नबाटै डिजिटल नेपालको सपना पूरा हुने धारणा राख्नुभयो ।

क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रुपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरु, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायतकव् विशेष प्रदर्शन गर्नेछ ।

यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जाल मार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रू। १००र( र विद्यार्थीका लागि रू। ५०र( शूल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निस्शूल्क प्रवेश व्यवस्था छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले बताउनुभयो ।

क्यान इन्फोटेकलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उहाँले बताउनुभयो । प्रर्दशनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास छ ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट(अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ(गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ ।

साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल ९एनपीसर्ट० ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेकमा एक नवीनतम क्त्भ्ः शिक्षण उपकरणका रूपमा अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनी गरिनेछ, जसले अवलोकनकर्तालाई स्वचालित सवारी प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स, सेन्सर टेक्नोलोजी र प्रोग्रामिङ जस्ता अत्याधुनिक विषयहरू बुझाउन मद्दत गर्नेछ । त्यस्तै म्बतबद्ययत एभचकयलब िब्ककष्कतबलत ब्क्ष् ले विद्यार्थीहरूलाई डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स जस्ता विषयहरू व्यवहारिक रूपमा सिक्न मद्दत गर्नेछ । ीभ्न्इ भ्मगअबतष्यल प्ष्त एक व्यवहारिक शिक्षण उपकरण हो, जसले विद्यार्थीहरूलाई इन्जिनियरिङ, प्रोग्रामिङ, रोबोटिक्स र समस्या समाधान क्षमतामा सुधार गर्न मद्दत गर्नेछ । यसका साथै विद्यार्थीहरूले तयार पारेका एआई र सफ्टवेयरका प्रोजेक्टहरू प्रदर्शनीमा राखिनेछ ।

क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ ।

राजधानीमा माघ २४ देखि ५ दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्नेगरी तयारी हुँदैछ ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल ९क्यान० नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघरसंस्था र व्यवसायीहरुको छाता संगठन हो । सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रुपान्तरित यो संस्था गैर(राजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधि सम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij