२०८३ साउन १० आइतबार

अनलाईनमार्फत बीमा पोलिसीहरु बजारमा ल्याउदै ट्रष्ट माइक्रो इन्स्योरेन्स

ई आर्थिक    आइतबार, माघ २० २०८१
10.9K
Shares
अनलाईनमार्फत बीमा पोलिसीहरु बजारमा ल्याउदै ट्रष्ट माइक्रो इन्स्योरेन्स

ई–आर्थिक, काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स विधिवत रुपमा २०८० चैतमा स्थापना भएको हो । यसका अध्यक्ष जगबहादुर पोखरेल हुनुहुन्छ । यसको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ । कम्पनीले १५ ओटा शाखा कार्यालय र १५ ओटा तेस्रो पक्ष लघुबीमा काउन्टरमार्फत देशैभरी लघुबीमा कार्यक्रमहरु गरिरहेको छ ।

गत आर्थिक वर्ष कम्पनीले करिब तीन महिना मात्र काम गर्ने अवसर पाएको थियो । यस सयमयमा कम्पनीले ३ करोड २५ लाख प्रिमियम संकलन गन रेको बताउनुहुन्छ, प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना । अहिलेसम्म ९ करोड ६८ लाख प्रिमियम संकलन गरिसकेको कम्पनीले यो आर्थिक वर्षमा २५ करोड रुपैयाँ प्रिमियम संकलन गर्ने लिक्ष्य लिएको छ । माइक्रो इन्स्योरेन्सले विशेषरुपमा ग्रामीण भेगमा काम गर्ने हो । त्यहि भएर ट्रष्ट माइक्रो इन्स्योरेन्सले शहरलाई भन्दा ग्रामीण भेगलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ । तर कम्पनीले सहरमा पनि ५० लाख रुपैयाँसम्मको सम्पत्तिको बीमा गर्दै आएको छ ।

कम्पनीले व्यापार विस्तार गर्नका लागि नयाँ-नयाँ प्रिमियम पोलीसी बनाउँदै अगाडि बढेको बताउनुहुन्छ, प्रमुख कार्यकारी अधिकृत ढुंगाना  भन्नुहुन्छ– ‘हामीले बजारमा चलिरहेको भन्दा भिन्न खालको पोलिसीहरु बनाएर काम गरिरहेका छौं । कम्पनीले इन्टरनल ट्राभल पोलिसी र पेट इन्स्योरेन्स पोलिसी ल्याउने तयारीमा छ । यो पोलिसी स्वीकृतिको लागि बीमा प्राधिकरण पठाइसकिएको छ ।’

उहाँका अनुसार काम गर्दागर्दा थकित भएका मान्छेहरु बिदाको समयमा रिफ्रेसमेन्टको लागि घुम्न जाने प्रचलन बढिरहेको छ । यसैलाई केन्द्रित गरेर हामीले इन्टरनल ट्राभल पोलिसी योजना ल्याउन लागेका हौं भने सहरी क्षेत्रमा कुकुर पाल्ने प्रथलन बढिरहेको छ । यसलाई पनि कभर गर्न सकियोस् भनेर हामीले पेट इन्स्योरेन्स पोलिसी भनेर अर्को योजना ल्याउन लागेका हौं ।

ट्रष्टले कृषि बीमामा पनि काम गर्दैछ । प्रमुख कार्यकारी अधिकृत ढुंगाना भन्नुहुन्छ– हामी कसरी प्रभावकारीरुपमा किसानहरुसँग पुग्न सकिन्छ भन्ने अध्ययन गरिरहका छौं । त्यस्तै ट्रष्टले स्थानीय निकाहरुसंगको सहकार्यमा विभिन्न बीमा योजनाहरु अगाडि बढाइरहेको छ । माइक्रो इन्स्योरेन्सको विदेशको ट्रेन्ड हेर्दा ड्रिस्ट्रिब्युसन च्यानलमार्फत सञ्चालन हुन्छन् । कम्पनीले अनलाईनमार्फत बीमा पोलिसीहरु बजारमा ल्याउने योजना बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij