२०८३ साउन १२ मंगलबार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा चारजना पक्राउ

ई आर्थिक    मंगलबार, माघ १५ २०८१
3.8K
Shares
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा चारजना पक्राउ

ई-आर्थिक, काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ परेका छन्।

सल्ल्यानको छत्रेश्वरी गाउँपालिका-६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका-७ घर भएका सुरेन्द्र विक र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार रूपैयाँ, दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट तीन लाख रूपैयाँ, विकले सुरेन्द्रले अमेरिका पठाइने बहानामा ९७ लाख ५४ हजार रूपैयाँ र पौडेलले कुवेत पठाइदिन्छु भन्दै एक लाख ६० हजार रूपैयाँ ठगेका थिए।

अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij