२०८३ साउन १० आइतबार

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ३० अर्ब तान्दै राष्ट्र बैंक

ई आर्थिक    मंगलबार, माघ १५ २०८१
3.7K
Shares
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ३० अर्ब तान्दै राष्ट्र बैंक

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ३० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । केन्द्रीय बैकंले माघ १३ गते ४० अर्ब  माघ ९ गते ९० अर्ब तथा माघ ६ गते केन्द्रीय बैंकले ६० अर्व खिचेको थियो ।

बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा अधिक तरलता देखिदै आएको बैंकरहरु बताउछन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि  नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिचेको छ ।

केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी ६ फागुनमा भुक्तानी हुनेछ ।

केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ४ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।

माघ १३ गतेसम्म राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट तानेको र भुक्तानी दिन बाँकी रकम २ खर्ब ३१ अर्ब परिपक्क हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij