ई-आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको बैंके जानएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।
यस शाखाबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।