२०८३ साउन १२ मंगलबार

बिमा प्राधिकरणको अध्यक्षको लागि प्राधिकरणकै पूर्वअध्यक्षदेखि कार्यकारी दिर्नेशकसहित बाह्र जनाको आवेदन

ई आर्थिक    शनिबार, माघ १२ २०८१
5.3K
Shares
बिमा प्राधिकरणको अध्यक्षको लागि प्राधिकरणकै पूर्वअध्यक्षदेखि कार्यकारी दिर्नेशकसहित बाह्र जनाको आवेदन

ई–आर्थिक, काठमाडौं । बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म अध्यक्षका लागि १२ जनाको आवेदन परेको हो ।

प्राधिकरणको अध्यक्षका लागि प्राधिकरणकै पूर्वअध्यक्षदेखि कार्यकारी निर्देशकसम्मले आवेदन दिएका छन् । त्यस्तै नेपाल सरकारका केही पूर्वसचिवले पनि आवेदन दिएका छन् ।

प्राधिकरणको अध्यक्षका लागि आवेदन दिनेमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाई, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल, विनोदकाजी श्रेष्ठ गरी १२ जनाले आवेदन दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते १५ दिनको समय तोकेर विज्ञापन खुलाएकामा १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

समितिले आवेदकमध्येबाट सर्ट लिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण गर्न लगाई अन्तर्वार्ता लिएर तीन जनाको नाम सिफारिस गर्ने जनाएको छ । समितिको सिफारिसमा पर्नेमध्ये एक जनालाई मन्त्रीपरिषद्ले प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने छ ।

यसअघि प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेका सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते मुद्दा दायर भएपछि मङ्सिर अन्तिम साता निलम्बनमा परेपछि अध्यक्ष पद रिक्त रहेको थियो । यद्यपि सिलवालको कार्यकाल माघ १९ मा सकिँदै थियो ।

सिलवाल निलम्बनमा परेपछि अर्थ मन्त्रालयले मन्त्रालयका सहसचिव मदन दहाललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij