वाई वाई चाउचाउमा २४ वर्ष भन्दा बढी काम गरेका जीपी शाहले उक्त चाउचाउलाई विश्व बजारमा एक नम्बरको ब्राण्ड बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनै चाउ चाउ क्षेत्रका प्रभावशाली व्यक्तिलाई यसोधा फूड्सले भब्य स्वागत गरेको छ ।
ई-आर्थिक, काठमाडौं । करेन्ट चाउचाउलाई नुडल्सहरु माझ एक नम्बरमा पुर्याउने लक्ष्यका साथ एशोधा फुड्सले जीपी शाहलाई ग्लोवल कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेको छ ।
चौधरी ग्रुपले उत्पादन गर्दैै आएको वाई वाई चाउचाउमा २४ वर्ष भन्दा बढी काम गरेका जीपी शाहले उक्त चाउचाउलाई विश्व बजारमा एक नम्बरको ब्राण्ड बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
नेपालको खाद्य बजारकै अग्रणी यशोदा फूड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको हो ।
कम्पनीले भारत, क्यानाडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापूर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको जानकारी दिएको छ । यशोदा फुड्सले अन्तर्राष्ट्रिय बजारमा वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ ।

ग्लोबल कार्यकारी निर्देशकको पदमा शाहको नियुक्तिसंगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।
शाहको आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनीको विश्वास रहेको छ ।
साथै ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा कम्पनीको रहेको छ ।
चौधरी ग्रुप अन्तर्गतको वाईवाईमा २४ वर्ष काम गरेका जीपी शाह करेन्ट लगायतका विभिन्न ब्रान्डका चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकका रुपमा भित्रिएका हुन् । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले शुक्रबार शाहलाई औपचारिक रुपमा भित्र्याएको घोषणा पत्रकार सम्मेलन मार्फत गरेको छ ।

यशोदा फुड्ससँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु आफ्ना लागि ठूलो सम्मान तथा गौरवको विषय भएको जीपी शाहले बताए । गुणस्तर र नवप्रवद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा आफू उत्साहित भएको बताएका छन् । उनले करेन्ट चाउचाउलाई १ नम्बरमा पुर्याउने लक्ष्य रहेको बताएका छन् ।